• Monday 5th of October 2026

वडा अध्यक्ष नै परस्त्रीसँग होटलमा भेटिएपछि


  • धनकुटा खबर
  • .

काठमाडौँ : नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नं. ३ का अध्यक्ष परस्त्रीसहित होटलबाट रंगेहात पक्राउ परेका छन् ।

विदुर नगरपालिका वडा नम्बर २ को होटल दरबारभ्यूबाट नेपाली कांग्रेसका नेता समेत रहेका हरिबहादुर तामाङ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले घटना विवरण बताउन नचाहे पनि पक्राउ गरिएकोबारे भने पुष्टि गरेको छ ।

महिलाको श्रीमानको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । बैदेशिक रोजगारीको शिलशिलामा देशबाहिर रहेपछि वडा अध्यक्ष तामाङले ती महिलासँग समय बिताउने गरेका थिए । महिलाको श्रीमानको सूचनापछि प्रहरीले होटलबाटै उनीहरूलाई पक्राउ गरेको हो ।

तामाङ गत स्थानीय तह निर्वाचनमा ७९० मतसहित विजयी भएका थिए । उनले नेकपा मओवादी केन्द्रका बुद्धि बहादुर तामाङलाई पराजित गरेका थिए । बुद्धिले ५८२ मतमात्र प्राप्त गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖