• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

राजस्थानमाथि गुजरात ३ विकेटले विजयी


  • धनकुटा खबर
  • .

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा गुजरातले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको १९७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो । यसअघि राजस्थानले पहिला ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

जारी आइपिएलमा राजस्थानको यो पहिलो हार हो । ५ खेलमा ४ जित र एक हारसहित राजस्थान ८ अङ्क हासिल गर्दै शीर्ष स्थानमा कायम रहेको छ ।

त्यस्तै गुजरातको भने यो तेस्रो जित हो । ६ खेलमा ३ जित र ३ हार बेहोर्दै गुजरात ६ अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖