• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

मलेसिया विरुद्ध नेपालले टस हार्यो,नेपालले बलिंग गर्ने


  • धनकुटा खबर
  • .

ओमनमा आजदेखि सुरु भएको एसिसि प्रिमियर कप अन्तर्गत समूह ए को आफ्नो पहिलो खेलमा नेपालले टस हारेको छ । अल अमेरत क्रिकेट मैदानमा मलेसियाका कप्तान भिरनदिप सिंहले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको छ ।

खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ । सोही समयमा समूह ए मा नै रहेका कतार र हङकङ पनि भिड्नेछन् । यस समूहमा साउदी अरब पनि रहेको छ । समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् ।

ओमान र युएईले आज नै भएका खेलमा जित हासिल गर्दै विजयी सुरुवात गरिसकेका छन् । ओमानले बहराइन विरुद्ध ३ रनले र युएईले कुवेत माथि ७ विकेटको जित निकालेको हो ।

दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖