• Monday 5th of October 2026

बोलेरोको ठक्करबाट प्रिन्सिपलको मृत्यु


  • धनकुटा खबर
  • .

झापा – सोमबार साँझ सवारी दुर्घटनामा परी प्यारागन एकेडेमी सुरुंगा झापाका प्रिन्सिपल देवराज सुवेदीको मृत्यु छ। साँझ करिब सवा सात बजे झापाको कनकाई नगरपालिका–८ शीतलचोकस्थित पूर्वपश्चिम राजमार्गमा सुवेदीले चलाएको मोटरसाइकल र बोलेरो जिप एकापसमा ठोक्किएका थिए।

पश्चिमबाट पूर्व आउँदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो र प्र १–०१–०१३ प १४१७ नम्बरको सुवेदीले चलाएको मोटरसाइकल एकापसमा ठोक्किएका हुन्। दुर्घटनामा परी गम्भीर घाइते भएका सुवेदीलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याइसक्दा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

दुवै सवारी साधन तीव्र गतिका कारण दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ। बोलेरो जिपका चालक पाँचथर हिलिहाङ गाउँपालिका–७ का होमप्रसाद सेन्च्युरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖