• Wednesday 7th of October 2026

दयाको जन्मदिनमा `डिग्री माईला` को शिर्ष गीत


  • धनकुटा खबर
  • .

काठमाडौ, १ बैशाख । शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ राई स्टारर ‘डिग्री माइला’ले राईंको जन्मदिन पारेर सिनेमाको शीर्ष गीत रिलिज गरेको छ।

सिनेमाको ‘म डिग्री माइला हो’ बोलको गीत सिनेमाले सार्वजनिक गरेको हो। आज सिनेमा रिलिजको दोश्रो दिन हो।
बिहानैदेखि सिनेमाले हाउसफूल व्यापार गरिरहेको जानकारी निर्माणपक्षले दिएको छ। 
सार्वजनिक गीतमा पवन गिरीको स्वर रहेको छ भने संगीत झूमा लिम्बुले तयार पारेकी हुन्। गीतमा स्वपनिल स्मृतिको शव्द रहेको छ।

गीतमा डिग्री माइला बनेका दयाहाङ राई तथा ‘मुना’को भूमिकामा रहेकी आँचल शर्मालाई फिचर गरिएको छ। भिडियो सिनेमाको थिममा आधारित भएर तयार पारिएको छ।
रामबाबु गुरुङ निर्देशित सिनेमाले आफ्नो शैक्षिक डिग्रीको अहमताले भरिएको पात्र र समाजले ऊप्रति राख्ने अपेक्षा र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गर्छ।

सिनेमामा दया र आँचलका अलावा प्रकाश घिमिरे, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल आदिको प्रमुख भूमिका रहेको छ।
बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ ।

 

यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖