• Saturday 28th of November 2026

भेरी नदीमा भेटिएको शव मेजर पण्डितको हुनसक्ने आशंका


  • धनकुटा खबर
  • .

काठमाडौँ । भेरी नदीमा एउटा शव देखिएको छ। रूकुमपश्चिमतर्फ ठूली भेरीमा शव देखा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन्।
उक्त शव हराइरहेका डोल्पाका मेजर बिमल पण्डितको हुन सक्ने आशंका गरिएको छ। डोल्पाबाट डिएसपी शिवराज बुढाथोकीको कमाण्डमा एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले शव देखिएको जानकारी आएपछि बिहानै डिएसपी नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको बताए।

‘शव देखिएको भन्ने खबर आएको छ। यहाँबाट पुगेको टोलीले शव निकालेर ऐकिन नगरेसम्म भन्न सकिने अवस्था भएन। तर आम्रो आशंकाचाहिँ मेजरसावको हुनसक्छ भन्ने नै हो’, सिडिओ पोख्रेलले भने।
सेनानी पण्डित भदौ १० गतेदेखि डोल्पाबाट बेपत्ता भएका थिए। एनको खोजीका लागि नेपाली सेनासहित सबै सुरक्षा निकाय परिचालन गरिएको छ। तर पत्ता लाग्न सकेको छैन।

डोल्पाको सदरमुकाम दुनैस्थित नन्द बक्स गणमा कार्यरत मेजर मण्डित आफ्ना अङ्गरक्षकलाई फर्काइदिएर एक्लै गएका थिए। रातिसम्म पनि नफर्किएपछि सेनाले खोजी कार्य सुरु गरेको थियो।

पण्डित काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖