• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित बनेको छ ।

ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बर्षाले समयमा हुन सकेको छैन । हाल बर्षा रोकिएको र खेल निर्धारित ११: ४५ बजे भन्दा करिब एक घण्टा ढिला शुरु हुने बताइएको छ ।

समुह ए मा रहेको नेपालले यस अघिका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा रहेको छ । नेपालले यस अघि मलेसिया र कतारलाई पराजित गरेको थियो । त्यस्तै हङकङले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ । हङकङले पहिलो खेलमा कतारलाई पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग हार बेहोरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖