• Wednesday 21st of October 2026

फुटको संघारमा एकीकृत समाजवादी ,छ सांसद मिलेर नयाँ दल दर्ता गर्ने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं। माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) फुटको संघारमा पुगेको छ ।

पार्टीमा धेरै समयदेखि असन्तुष्ट देखिएका प्रेमकुमार आले, किसान श्रेष्ठ, धनबहादुर बुढा, अमर थापा, मेटमणि चौधरी समेतका छ जना सांसद मिलेर नयाँ दल खोल्ने तयारी छ । उनीहरुले आज मंगलबार नै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी भइरहेको एक नेताले जानकारी दिनुभयो ।

पार्टी फुटेमा अध्यक्ष माधव नेपालको पक्षमा सांसदहरु राजेन्द्र पाण्डे, प्रकाश ज्वाला र भानुभक्त जोशी मात्र रहने छन् ।-चक्रपथ

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖