• Wednesday 21st of October 2026

दुई चार सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ : गोकुल बास्कोटा


  • धनकुटा खबर
  • .

काठमाडौँ । सत्ता गठबन्धनमा किचलो बढिरहेको बेला सत्तामा रहेको प्रमुख दल नेकपा एमालेका नेता गोकुल प्रसाद बास्कोटाले चुनाव पूर्व गठबन्धन गरी २–४ सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा मङ्गलवार आफ्नो धारणा दिँदै उनले अब एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानु पर्नेमा जोड दिएका छन् ।

पूर्व मन्त्री बास्कोटाले फेरि राजनीतिक कचिङ्गलमा मुलुक फस्ने देखिनुलाई दुखद भनेका छन् ।

‘सधैँको अस्थिरता किन र के का लागि’ उनले प्रश्न गर्दै लेखेका छन्, ‘समावेशी क्षेत्रलाई पनि प्रतिस्पर्धी बनाएर समेत एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानै पर्छ । चुनाव पूर्व गठबन्धन गर्ने, दुईचार सिट ल्याउने, सत्ता च्याँखे थाप्नेको पसल बन्द गरौँ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖