• Monday 5th of October 2026

बाबुलालले ल्याएका थिए दुबईबाट एक किलो सुन, पाँचौँपटक तस्करी गर्दा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । एक किलो सुनसहित पक्राउ पर्नेको संख्या तीन पुगेको छ । पक्राउ पर्नेमा काभ्रे खानीखोला गाउँपालिका–३ का २८ वर्षीय बाबुलाल दोङ, काभ्रेककै रोशी गाउँपालिकाका जगत लामा र काभ्रेकै मिङ्मा दोर्जे स्यान्तान रहेका छन् ।

दुबईबाट हिमालय एयरलाइन्समा आएका बाबुलाल दोङले मलद्वारमा एक किलो सुन लुकाएर ल्याएका थिए । उक्त सुन लिन पुगेका जगत र मिङ्ला स्यान्तानसमेत प्रहरीको फन्दामा परेका हुन् ।

उक्त सुनका मुख्य मालिक जगत लामा भएको प्रहरीको अनुसन्धानले देखाएको छ । जगतले बाबुलाललाई सुन ल्याउन पाँचपटक दुबई पठाएको खुलेको छ ।

यसपटक भने प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो । प्रहरीले जगतले चढ्ने गरेको बा०१२७ च ९९६० नम्बरको कारसमेत बरामद गरेको छ ।

कारबाट करिब एक करोड रुपैयाँ बराबरको चेक बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धान गर्न काठमाडौं प्रहरीले राजस्व अनुसन्धान विभाग पठाएको परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖