• Wednesday 21st of October 2026

मधेस प्रदेशका वनमन्त्री कुर्मीले दिए राजीनामा


  • धनकुटा खबर
  • .

वीरगंज । मधेस प्रदेश सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी बाहिरिएको छ ।

आज बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सोही निर्णयअनुसार यसअघि पार्टीबाट वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिइसकेका छन् ।

प्रदेश सभामा लोसपाका ९ जना सांसद छन् । मुख्यमन्त्री यादवले विश्वासको मत लिनको लागि आज प्रदेश सभाको बैठक बोलाइएको छ । दिउँसो १ बजे बोलाइएको बैठक एक घण्टा ढिला गरी सुरू भएको थियो । तर, जनमत पार्टीको  विरोध पछि बैठक केही समयको लागि स्थगित गरिएको थियो । तर १० मिनेटका लागि बैठक स्थगित गरिए पनि हालसम्म बैठक सुचारु हुन सकेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖