• Wednesday 21st of October 2026

गृहजिल्लाबाट केपी ओलीको खुलासा : केही घटना घटिहाल्यो भने साथीहरुले अफ्ठ्यारो नमान्नुहोला


  • धनकुटा खबर
  • .

झापा, बैशाख ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता समीकरण भत्काउनको लागि देशी–विदेशी शक्तिहरुले षड्यन्त्र गरिरहेको खुलासा गर्नुभएको छ ।

एमाले झापा जिल्ला कमिटीको प्रथम बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो खुलासा गर्नुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको हितमा समीकरण फेर्ने शाहसिक निर्णय गरेको कारण त्यसलाई भत्काउन देशी बिदेशी दुवै शक्तिहरुले न्वारानदेखिको बल लगाएर लागेको बताउनु भयो ।

‘अहिले हामीले नयाँ समीकरण बनाएका छौं । यो समीकरण कतिपयलाई चित्त बुझेको छैन । त्यसैले लागिपरेकै छन भत्काउन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘उनीहरु ओलीले अर्थ, गृह मन्त्रालय पनि छाड्यो भनिरहेका छन, हामीले गठबन्धन ढाल्नुथ्यो ढाल्यौं, अहिले हाम्रो सरकार, हाम्रो प्रधानमन्त्री, हाम्रो गृहमन्त्री छन, मैले उहाँलाई पोहोरै प्रधानमन्त्री बनाएको थिएँ, उहाँ झुक्निुभयो, अलमलिनुभयो । अहिले उहाँले शाहसिक निर्णय गर्नुभएको छ, देशको पक्षमा पक्षमा निर्णय गर्नुभएको छ ।’

अध्यक्ष ओलीले थप्नुभयो, ‘अहिले यो समीकरण ढाल्नको लागि देशी-विदेशी शक्तिहरुले षड्यन्त्र गरिरहेका छन । केही घटना घटिहाल्यो भने साथीहरुले अफ्ठ्यारो नमान्नुहोला । लौ बर्बाद भयो भनेर नआत्तिनु होला, केही हुँदैन।’

उहाँले एमालेलाई सिध्याउन अनेक प्रकारका प्रहार र घेराबन्दी भएपनि आफूहरुले त्यसलाई पराजित गरेर देश बनाउने अभियानमा अघि बढेको दावी पनि गर्नुभयो । उहाँले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै आफू पार्टी अध्यक्षबाट हटेपछि वरिष्ठ नेताको पद चाहियो भन्दै कसैकाविरूद्ध आलोचना नगर्ने बताउनु भयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖