• Monday 5th of October 2026

यसरी गरियो धरानका उपमेयरको घरमा तोडफोड


  • धनकुटा खबर
  • .

विराटनगर । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा एक समूहले तोडफोड गरेको छ । सोमबार बेलुका धरान- १५ स्थित बेघाको घरमा भएको तोडफोडबाट झ्यालको सीसा फुटेको छ ।

उपमेयरका कान्छा भाइ बिष्णुलाई आक्रमण गर्न आएको समूहले घरमा तोडफोड गरेको हो । उपमेयर बेघाले अराजक समूहले आक्रमण गरेपछि तत्कालै प्रहरीलाई खबर गरेपनि प्रहरी नआएको बताए ।

‘प्रहरी समयमा आएन’, बेघाले भने, ‘प्रहरी समयमै नआएका कारण अराजक समूह भाग्यो ।’ आक्रमणबाट घरमा सामान्य क्षति पुगेको उनले बताए ।

सुनसरीका प्रहरी प्रमुख एसपी विपीन गौतमले उपमेयरको घर तोडफोड गर्ने समूहको खोजी भइरहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖