• Sunday 4th of October 2026

यसकारण चाँडो सुत्ने, चाँडै उठ्ने


  • धनकुटा खबर
  • .

बिहान सबेरै उठ्नाले स्वच्छ वातावरणमा सकारात्मक जीवनशैलीको ऊर्जा मिल्छ । शारीरिक तथा मानसिक रूपमा पनि आराम भइसकेको हुनाले बिहान उठ्दा शरीरमा पुनर्ताजगी आउँछ ।

भनिन्छ, बेलुका छिटै सुत्ने र बिहान चाँडो उठ्ने मानिस जीवनमा सफल हुन्छन् । यस्तो दैनिकीले सफतलासँगै स्वास्थ्यमा समेत सकारात्मक भूमिका खेलिरहेको हुन्छ ।

– यद्यपि, बेलुका खाना खानेबित्तिकै सुत्नु भने हुँदैन । खाना खाएपछि पनि त्यो नपचुन्जेल सक्रिय हुन आवश्यक छ । यदि, लगत्तै सुतेमा मोटोपनासँगै विभिन्न समस्या देखिन सक्छन् ।

– त्यसैले खाना खाएको डेढ घन्टापछि सुत्नु उपयुक्त हुन्छ ।
– बेलुका ९ देखि १० बजेभित्र सुतिसक्नु राम्रो हो । स्वस्थ जीवनका लागि दैनिक ६ देखि ८ घन्टा आनन्दले सुत्नु आवश्यक हुन्छ ।
– बेलुका चाँडै सुते बिहान सबेरै उठ्न सकिन्छ । बेलुका शारीरिक तथा मानसिक रूपमा थकित महसुस हुने भएकाले ऊर्जाशील कामका लागि बिहानको जस्तो जाँगर चल्दैन ।

– सामान्यतया बिहानको हावापानी तथा वातावरण स्वच्छ र स्वस्थ हुन्छ । बिहान सबेरै उठ्नाले स्वच्छ वातावरणमा सकारात्मक जीवनशैलीको ऊर्जा मिल्छ । शारीरिक तथा मानसिक रूपमा पनि आराम भइसकेको हुनाले बिहान उठ्दा शरीरमा पुनर्ताजगी आउँछ । त्यसैले नयाँ कामका लागि बिहानीको समय उपयुक्त हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖