• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

म्यानचेस्टर सिटीलाई पराजित गर्दै रियल सेमिफाइनलमा


  • धनकुटा खबर
  • .

स्पेनिस क्लब रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गर्दै रियल अन्तिम चारमा पुगेको हो।

सिटीको घरेलु मैदानमा भएको दोस्रो लेग १-१ गोलको बराबरीमा सकिएको थियो।

१२ मिनेटमा रोद्रीगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।

सिटीका लागि डी ब्रोएनाले बराबरी गोल फर्काए। त्यसपछि खेलमा कुनै गोल नभएपछि पेनाल्टी सुटआउटबाट नतिजाको टुङ्गो लगाएको हो।

पेनाल्टी सुटआउटमा रियलका मोड्रिचले मिस गर्दा सिटीका शिल्भा र कोभाकिकले गोल गर्न सकेनन्।

यसअघि पहिलोले ३-३ गोलको बराबरीमा सकेको थियो।
समग्रमा खेल ४-४ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖