• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा ६ खेलाडी सहभागी हुदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा  ६ खेलाडी सहभागी हुने भएका छन् ।   

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले अप्रिल १९ देखि २१ तारिखसम्म मित्रराष्ट्र भारतको केरलामा हुन गइरहेको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा सहभागी हुने ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेका छन् ।

प्रतियोगितामा सिनियर पुरुष ८१ केजीमुनि योगेनद्र विष्ट, ७३ केजीमुनि पुजन श्रेष्ठ र ६० केजीमुनि अर्जुन क्षेत्री तथा महिलाको सिनियर ८७ केजीमाथि दीपिका अछाजु तथा जुनियरको ६३ केजीमुनि परी घर्ती क्षेत्री र ४४ केजीमुनि दीक्षा मगर सहभागी हुदै छन् । त्यस्तै प्रशिक्षक निर्णायक प्रवीणकाजी श्रेष्ठ तथा व्यवस्थापक ग्याल्जेन शेर्पा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖