• Monday 5th of October 2026

धरानका उपमेयर बेघाको घरमा अज्ञात समूहद्वारा तोडफोड


  • धनकुटा खबर
  • .

धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघाको घर अज्ञात समूहले तोडफोड गरेका छन्। धरान –१५ खिरिया बस्तीमा बेघाको घर छ।

तोडफोडबाट बेघाको घरको झ्यालको सिसा फुटेको स्थानीयले बताएका छन्। उपमेयर बेघाको कान्छा भाइ विष्णुलाई आक्रमण गर्न आएको अराजक समूहले घर तोडफोड गरेको बताइएको छ।

घर तोडफोड गर्न थालेपछि तत्काल प्रहरीलाई खबर गर्दासमेत प्रहरी नपुगेको उपमेयर बेघाले बताएका छन्।

उनले घटना हुनेबित्तिकै बोलाउँदा समेत प्रहरी नआउनुले धरानको शान्ति-सुरक्षामा प्रश्न उठेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

सुनसरीका प्रहरी प्रमुख एसपी विपीन गौतमले उपमेयरको घर तोडफोड गर्ने समूहको खोजी गर्न प्रहरी परिचालन गरिएको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖