• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आईपीएल : पञ्जाबमाथि मुम्बईको ९ रनको जित


  • धनकुटा खबर
  • .

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए राति भएको खेलामा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सविरुद्ध ९ रनको जित निकालेको छ । मुम्बईले दिएको १९३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १८३ रन मात्रै बनायो ।

पञ्जाबका लागि आशुतोष शर्माले सर्वाधिक ६१ रन बनाए । यस्तै शशांक सिंहले ४१, हरप्रित बरारले २१ र हरप्रित सिंहले १३ रन बनाए । मुम्बईका जेराल्ड कोएत्जी र जसप्रित बुमराहले समान ३-३ विकेट लिए । आकाश माधवाल, हार्दिक पाण्ड्या र श्रेयस गोपालले समान १-१ विकेट लिए ।

पहिलो इनिङमा टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । मुम्बईका सूर्यकुमारले सर्वाधिक ७८ रन बनाए । रोहित शर्माले ३६, तिलक बर्माले ३४, टिम डेभिडले १४ र कप्तान हार्दिक पाण्ड्याले १० रन बनाए ।

पञ्जाबका हर्षल पटेलले ३, सैम करनले २ र कागिसो रबाडाले १ विकेट लिए । आज राति लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स भिड्दै छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖