काठमाडौ । आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।
बिहिबार प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन पनि तोलामा ७ सयले बढेर प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको भाउ ५ रुपैयाँले घटेको छ ।
शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
