• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

युएईविरूद्ध कुशल भुर्तेल ‘रोयल डक’


  • धनकुटा खबर
  • .

ओमानमा भइरहेको एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ।

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा युएईले टस जितेर फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशल भुर्तेल इनिङ्ग्सकै पहिलो बलमा शून्यमा आउट भएका छन्।

भुर्तेललाई युएईका जुनइद सिद्धिकीले विकेटकिपर सइद हैदरबाट क्याच गराए।

इनिङ्ग्सकै पहिलो बलमा आउट हुँदा रोयल डक भएका कुशलपछि कप्तान रोहित पौडेल ब्याटिङमा आएका छन्।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।
समूह चरणमा नेपाल अपराजित रह्यो। नेपालको समूहमा रहेका साउदी अरब, कतार, हङकङ र मलेसिया सबैसँगको खेलमा नेपाल विजयी भएको थियो।

नेपाल प्रिमियर कपको साविक विजेता हो। नेपालले युएईसँग अहिलेसम्म ९ वटा टी-२० खेलेको छ। जसमा पाँच खेलमा नेपाल र चार खेलमा युएई विजयी भएको छ।

यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।

प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रूपमा लिइएको छ।

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖