• Sunday 18th of October 2026

कपिलवस्तुमा भारतीय नागरिकको अपहरणपछि हत्या


  • धनकुटा खबर
  • .

कपिलवस्तु : मायादेवी गाउँपालिका-२ मा एक भारतीय नागरिकको अपहरणपछि हत्या भएको छ। ३/४ जनाको समूहले भारतको सिद्धार्थ जिल्ला पोखरभेटवा ग्राम पचगवा पोष्टका ४५ वर्षीय जमाल अहमदको हत्या गरेका हुन्।

घटनामा संलग्न रहेका ४ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए। जमाल अहमद मायादेवी गाउँपालिकाको पकडी चारचौडा सडक खण्डको बिजुवा पुलबाट बिहीबार दिउँसो अपहरणमा परेका थिए।

आर्थिक लेनदेन तथा फिरौतीका लागि उनलाई अपहरण गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। अपहरणपछि जमाल अहमदलाई अपहरणकारी समूहले हात खुट्टा बाँधेर मरणासन्न अवस्थामा मायादेवी गाउँपालिका-२ को एक मदरसाको कोठामा थुनेर राखेका थिए।

जमाल अपहरणमा परेको खबर पाए लगत्तै उनको खोजीका लागि बिहीबार साँझबाट प्रहरी परिचालन भएको थियो। अपहरणस्थलबाट भारतीय सीमा क्षेत्र आपसपास चारै तर्फ खोज जाँच गर्दा जमाललाई थुनेर राखेको अवस्थामा मदरसाको कोठामा फेला पारिएको प्रहरी नायब उपरीक्षक वलीले बताए।

उनको उद्धार गर्दा सम्म उनको सोही मदरसाको कोठामा मृत्यु भइसकेको थियो, प्रहरी नायब उपरीक्षक वलीले भने, ‘शव पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल पठाएका छौं, बाँकी अन्य अनुसन्धानको प्रक्रिया समेत अघि बढेको छ।’ -गोपाल भण्डारी/अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖