काठमाडौँ । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
शुक्रबार खेलिएको पहिलो सेमिफाइनल खेलमा यूएर्ईले नेपाललाई ६ विकेटले हराएको थियो ।
शुक्रबार राति नै खेलिएको अर्को सेमिफाइनल खेलमा आयोजक ओमानले हङकङलाई ५ विकेटले हरायो ।
तेस्रो स्थानका लागि शनिबार नेपाल र हङकङबिच खेल हुनेछ । फाइनल खेल भने आइतबार ओमान र यूएईबिच हुनेछ ।
