• Sunday 18th of October 2026

सम्पर्कविहिन गौतमको शव ललितपुरको झाँक्रीडाँडामा भेटियो


  • धनकुटा खबर
  • .

काठमाडौं । घरबाट निस्किदेखि सम्पर्क विहीन भएका रामेछाप सुनापति गाउँपालिका–१ गुन्सी घर भई हाल भक्तपुरको दुवाकोटमा बसोबास गर्दै आएका २१ बर्षिय राहित गौतम मृत अवस्थामा फेला परेका छन् ।

घरबाट निस्के देखि बेखबर भएका रोहित गौतमको शव र सवार रहेको स्कूटर ललितपुरको कान्ति राजमार्गस्थित झांक्रीडांडामा सडकबाट तल भीरमा फेला परेको जिल्ला प्रहरी कार्यालय ललितपु्रले बताएको छ ।

उनी बेखर भएलगत्तै परिवारजन, आफन्तजन र शुभचिन्तक र प्रहरीले उनको खोजी तीब्र पारेको थियो । तर उनलाई जीवितै रुपमा नभई आज उनको शव फेला परेको थियो । घटनाको सत्यतथ्य पत्ता लगाउन परिवारले प्रहरीलाई आग्रह गरेको छ ।

अल्पआयुमा नै गौतमको निधन भएपछि उनको परिवार शोकमा डुबेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖