• Sunday 18th of October 2026

चक्कु प्रहार गरि आफ्नै बुबाको हत्या


  • धनकुटा खबर
  • .

काठमाडौं । तनहुँमा एक युवकले शुक्रबार दिउँसो चक्कु प्रहार गरी आफ्नो बुवाको हत्या गरेको आरोप लागेको छ ।

म्याग्दे गाउँपालिका-६ घर भएर हाल शुक्लागण्डकी नगरपालिका-९ घारी स्थितमा छोरी रस्मी बिकको घरमा बस्दै आएका ७६ वर्षीय रापबहादुर बिकलाई छोरा २६ वर्षीय दिपक बिकले हत्या गरेको आरोप लागेको हो ।

धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको, उक्त घटनामा संलग्न छोरालाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपकुमार रायले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖