• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

६ नेपाली खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । ६ नेपाली खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने भएका छन् ।

राष्ट्रिय महिला क्रिकेट टीमका कप्तान इन्दु बर्मासहित ६ जनाले मलेसिया क्रिकेट एसोसिएसनले आयोजना गर्ने मलेसिया सुपर वुमन्स कप खेल्ने भएका हुन् ।

बर्मासहित रुबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसिया सुपर वुमन्स कप खेल्न लागेका हुन् ।

मलेसिया सुपर वुमन्स कप अप्रिल २४ देखि मे ५ सम्म मलेसियामा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖