काठमाडौं- चोभारस्थित जंगलमा लागेको आगो निभाउन गएको काठमाडौं महानगरको दमकल पल्टिँदा ७ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आगो निभाउन चोभार उक्लिने क्रममा दमकल पल्टिएको बताइएको छ । घटनामा परेका तीन जना नगर प्रहरी र चार जना सशस्त्र प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु मध्ये एकजनाको अवस्था गम्भिर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
