काठमाडौ । नेपाली सागीतिक क्षेत्रमा पछिलो समय प्रतिभा हुनेका लागि भन्दा पैसा हुनेका लागि स्थान दिने प्रचलन बढदै गएको छ । त्यसको असररले पछिलो समय गीत संगीत क्षेत्रमा मौलिकता झल्काउने गीतहरु लोभ हुँदै गएका छन् । पैशाका आडमा निस्कने मौलिकता नभएकाले स्थान पाउदा बिकृति जनक गीतहरु बजारमा फैलिदैछन् ।
सागीतिक क्षेत्रमा भबिष्य बनाउने धेरैको रहर हुन्छ । “कोहीसँग प्रतिभा हुन्छ पैसा हुदैन” “कोहीसँग पैसा हुन्छ प्रतिभा हुँदैन”हरेक मानिसलाई जीवनमा एउटा न एउटा अभावले पिरली रहेको हुन्छ ।
नेपालमा राजनीतिक क्षेत्रमा आएको बिकृति जस्तै गीत संगीत क्षेत्रमा पनि आफ्नो मान्छे छानेर स्थान दिने गरिन्छ । तर त्योभन्दा भिन्न अवस्थावाट नेपाली संतीतिक क्षेत्रमा लोक सस्कृतिलाई माया गर्ने एक अधभूत क्षमता भएकी दर्शकले निक्कै मन पराएका तथा सामाजिक सञ्जालमा भाइरल भएकी किरण श्रीपालीको संघंर्षका कथा यस अङकमा प्रस्तुत गरेका छौं ।
