• Sunday 18th of October 2026

वीरेन्द्र ताल फुटेपछि सामागाउँको काठेपुल बगायो


  • धनकुटा खबर
  • .

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ।

चुमनुव्री गाउँपालिकास्थित मनास्लु क्षेत्रमा रहेको ताल फुटेको हो। ताल फुटेर तल्लो तटीय क्षेत्रमा बाढी आएको गाउँपालिका अध्यक्ष नीमा लामाले जानकारी दिए।

‘ताल फुटेको जानकारी पाएका छौं। ताल फुटेर सामागाउँको काठेपुल बगाएको जानकारी पाएका छौं। अहिलेसम्म बस्तीमा चाहिँ क्षति पुगेको छैन,’ उनले भने।

वीरेन्द्र ताल फुट्दा, चुमनुव्री, धार्चे गाउँपालिकाको तटीय क्षेत्रमा जोखिम बढेको छ।

धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरूङले तालमाथि रहेको ढिस्को झरेको जानकारी आएको बताए।

‘ताल फुटेको नभइ तालमाथि रहेको ढिस्को झरेको जानकारी आएको छ। हामीले तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन भनेका छौं। बाढी धेरै ठूलो छैन। वर्षामा आउने भेलजस्तै रहेको स्थानीयले बताएका छन्,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖