• Sunday 18th of October 2026

विवाहबाट फर्किइरहेका नौ जनाको सडक दुर्घटनामा मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतको राजस्थानको झालावार जिल्लामा आज बिहान ट्रकसँग कार ठोक्किँदा विवाहबाट फर्केका नौ जनाको मृत्यु भएको छ । दुर्घटना एकलेरा गाउँ नजिकै बिहान २ः४५ बजे भएको थियो ।

भोपालको डुङ्गरी गाउँमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना भएको झालावारका प्रहरी उपरीक्षक ऋचा तोमरले जानकारी दिएकी छन् । दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य सात जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएकालाई झालावारको सरकारी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖