• Wednesday 7th of October 2026

ग्रामीण चलचित्र महोत्सवमा दयाहाङ र स्वस्तिमा उत्कृष्ट


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ)को तेस्रो संस्करण सम्पन्न भएको छ । यही बैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप जिल्लामा आयोजना भएको महोत्सवमा फिल्म प्रदर्शनपछि १६ विधामा अवार्ड प्रदान गरियो । लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ उत्कृष्ट फिल्म घोषित हुँदा ‘नाङ्गो गाउँ’बाट दयाहाङ राईले उत्कृष्ट अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेका छन् ।

‘सतीदेवी’ले उत्कृष्ट पटकथा तथा उत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड गरी तीन विधामा अवार्ड जित्न सफल भयो । उत्कृष्ट निर्देशकको अवार्ड भने ‘दिमाग खराब’बाट निश्चल बस्नेतले प्राप्त गरे । यसैगरी, ‘नाङ्गो गाउँ’ले उत्कृष्ट सम्पादन (बनिश शाह) र ‘दिमाग खराब’ले उत्कृष्ट कलरिस्ट (राजेन्द्र मोक्तान)को अवार्डको जित्दा ‘विच्छेद’ले जुरी मेन्सन अवार्डसहित उत्कृष्ट छायाँकार (संकल्प भुजेल)को अवार्ड प्राप्त गर्‍यो । सिनेमा आर्ट्सलाई भने उत्कृष्ट फिल्म निर्माण कम्पनीको अवार्ड प्रदान गरिएको छ ।

त्यस्तै, सर्ट फिल्मको विधामा परिच्छेद सेन निर्देशित ‘मदर’, भाषिक फिल्मतर्फ बुद्दिया एस मगर निर्देशित मगर भाषाको ‘माराङ’, म्यूजिकल सर्ट फिल्मतर्फ ‘अन्तै माया’बाट रणधीर श्रेष्ठ, सर्ट फिल्मतर्फ जुरी मेन्सन अवार्ड ‘रित्तो गाउँ’बाट रामजी ज्ञवाली र डकुमेन्ट्रीतर्फ ‘द आइरन डिगर’बाट निर्देशक अनिल बुढा मगरले अवार्ड जितेका छन् ।

सेलिब्रेटी नेपालको आयोजना भएको महोत्सवमा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवं निर्देशक दयाराम दाहाल, अभिनेता मुकुन भुसाल, निर्देशक तथा लेखक लक्ष्मण सुवेदी, निर्देशक तथा महोत्सव संयोजक कमल एक्चै मगर, निर्माता रौनक विक्रम कँडेललगायतको उपस्थिति रहेको थियो । महोत्सव अवधिभर २ हजारभन्दा बढी स्थानियको सहभागिता रहेको सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।

अवार्ड विजेताको सूची- 

१. बेस्ट फिल्म- सतीदेवी 
२. जुरी मेन्सन अवार्ड- फिल्म विच्छेद 
३.बेस्ट प्रोडक्सन कम्पनी- सिनेमा आर्ट्स नेपाल 
४. बेस्ट निर्देशक फिचर फिल्म – निस्चल बस्नेत ( दिमाग खराब)
५. बेस्ट स्क्रिन प्ले फिचर फिल्म – लक्ष्मण सुवेदी फिल्म सतीदेवी 
६. बेस्ट एक्टर फिचर फिल्म- दयाहाङ राई फिल्म नाङ्गो गाउँ 
७. बेस्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड- मलिका महत सतीदेवी 
८. बेस्ट एक्ट्रेस फिचर फिल्म – स्वस्तिमा खड्का फिल्म दिमाग खराव 
९.बेस्ट म्युजिकल शर्ट फिल्म – अन्तै माया रणधीर श्रेष्ठ 
१०.बेस्ट शर्ट फिल्म जुरी मेन्सन अवार्ड – रित्तो गाउँ रामजी ज्ञवाली 
११. बेस्ट शर्ट फिल्म- मदर- परिच्छेद सेन 
१२. बेस्ट डकुमेन्ट्री- द आइरन डिगर – अनिल बुढा मगर 
१३. बेस्ट एडिटर – बनिश शाह- नाङो गाउँ 
१४. बेस्ट सिनेम्याटोग्राफर- संकल्प भुजेल बिच्छेद 
१५. बेस्ट कलरिस्ट- राजेन्द्र मोक्तान 
१६.बेस्ट कल्चरल फिल्म- माराङ मगर भाषा बुद्दिया एस मगर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖