• Wednesday 7th of October 2026

मोडल कुसुम शर्माले सुरू गरिन् फिल्मको छायांकन, बाहिरियो ‘लुक्स’


  • धनकुटा खबर
  • .

‘सकम्बरी’ गीतबाट चर्चामा आएकी मोडल कुसुम शर्माले फिल्मको छायांकन सुरू गरेकी छन्।

थुप्रै म्युजिक भिडिओमा अभिनय गरिसकेकी उनी मिलन चाम्सको निर्देशनमा बनिरहेको फिल्म ‘वर एण्ड बधू’ को छायांकनमा जोडिएकी हुन्। अभिनयका हिसाबले यो उनको पहिलो फिल्म हो।

पहिलो चरणको छायांकन रोमानियामा गरिएको यो फिल्मको दोस्रो चरणको छायांकन केही दिनदेखि काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ। जहाँ कुसुमको पनि केही दृश्यहरू खिचिएको छ।

निर्माण टिमले फिल्ममा कुसुमको भूमिकाबारे केही खुलाएको छैन। यद्यपि छायांकन सेटबाट उनको ‘लुक्स’ बाहिरिएको छ। प्राप्त तस्बिरहरूमा रातो कारअगाडि उभिएकी कुसुम हट अवतारमा देखिएकी छन्।

‘वर एण्ड बधू’ मा आँचल शर्मा र नव अभिनेता विवेक कर्माचार्य मुख्य भूमिकामा देखिँदैछन्। साथमा किरण केसी, विजय लामा, सरिता लामिछाने, रविन्द्र खड्का, अंशु महर्जन, दिनेश काफ्ले, श्रृष्टि खड्का, हिमेश पन्तलगायत कलाकारहरूको समेत फिल्ममा अभिनय रहनेछ।
निर्देशक चाम्सले नेपाली र हिन्दी भाषामा यो फिल्म निर्माण हुने बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖