• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रियल म्याड्रिडले जित्यो एल क्लासिको


  • धनकुटा खबर
  • .

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको रियल म्याड्रिडले जितेको छ ।

गएराती सम्पन्न एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर, लुकास भाजक्वेज  र जुडे बेलिंगघमले एक एक गोल गरेका थिए ।

त्यसैगरी बार्सिलोनाका लागि आन्द्रेज क्रिस्टटेनसेन र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडले बार्सिलोनामाथि आफ्नो अग्रता बढाएको छ । ३२ खेलमा ८१ अंक रहेको रियल म्याड्रिड बार्सिलोना भन्दा ११ अंकले अगाडी भएको छ । त्यस्तै बार्सिलोनाको ३२ खेलमा ७० अंक रहेको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖