• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

चेल्सीमाथि आर्सनलको सानदार जित


  • धनकुटा खबर
  • .

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ ।

लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।
एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित भएको केही दिनमै चेल्सीले आर्सनलसँग लज्जास्पद हार बेहोरेको छ ।

गत साता आर्सनलका लागि पनि सुखद रहेन । लिगमा एस्टन भिल्ला सँग हारेको आर्सनल च्याम्पियन्स लिग क्वाटरफाइनलमा बार्यन म्युनिखसँग पराजित हुँदै बाहिरिएको थियो।

चेल्सीमाथि सानदार जितका साथ आर्सनलले लिगको उपाधि दौडलाई मजबुत बनाएको छ। घरेलु मैदान इमिरेट्समा टोलीलाई जित दिलाउन बेन ह्वाइट र काई हार्भेट्जले समान २ र अर्को गोल लियान्द्रो ट्रोसाडले‌ गरे।

ट्रोसाडले चौथो मिनेटमा गोल गरेका थिए भने बाँकी गोल दोस्रो हाफमा निस्केको थियो। ह्वाइटले ५२ औं मिनेटमा गोल थपे।

हार्भेट्जले ८ मिनेटको फरकमा २ गोल (५७ र६५औं मिनेट) गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए । ह्वाइटले ७० औं मिनेटमा गोल गरेपछि चेल्सीलाई खेलमा फर्किन कठिन बनेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖