• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड नेपाललाई


  • धनकुटा खबर
  • .

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ जितेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार क्षेत्रीय विजेताहरूको सूची सार्वजनिक गरेको हो।
२१ राष्ट्रहरूलाई सम्मानित गरिने ६ अवार्डमध्ये नेपाल एशिया क्षेत्रअन्तर्गत ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ जित्न सफल भएको हो।

अफ्रिकातर्फ यो अवार्ड नामिबिया, अमेरिकातर्फ बर्मुडा, युरोपतर्फ नेदरल्यान्ड्स र पूर्वी एशियातर्फ इन्डोनेशियाले यो अवार्ड जित्न सफल भएको छ।

२१ एसोसिएट राष्ट्रले मैदानभित्र र बाहिर एक वर्षमा गरेको कामअनुसार आईसीसीले मनोनयन गरेको हो। मनोनयन भएका २१ राष्ट्रहरूलाई क्षेत्रअनुसार डेभलपमेन्ट इनिसिएटिभ अफ द इयर, महिला क्रिकेट इनिसिएटिभ अफ द इयर, डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर, क्रिकेट फर गुड सोशल इम्प्याक्ट इनिसिएटिभ अफ द इयर र उत्कृष्ट अन-फिल्ड अवार्ड (महिला र पुरुष) गरी आईसीसीले ६ विधामा अवार्ड वितरण गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖