• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रिमियर लिगका दुई युवा खेलाडी बलात्कारको आरोपमा पक्राउ


  • धनकुटा खबर
  • .

लण्डन । प्रिमियर लिगमा खेल्ने दुई जना युवा फुटबलरलाई कथित बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । दुई १९ वर्षीय खेलाडीहरूलाई प्रहरीले सोधपुछ गरेपछि हाल धरौटीमा रिहा गरिएको छ ।

बीबीसी स्पोर्टका अनुसार दुवै खेलाडी एउटै क्लबसँग आबद्ध रहेका छन् । दुवैले आफूहरूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।

‘बलात्कारको उजुरीपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो,’ प्रहरी प्रवक्ताले भने, ‘एक १९ वर्षीय सन्दिग्धलाई कुटपीट र बलात्कारमा सहयोग गरेको आरोपमा र अर्का १९ वर्षीय सन्दिग्धलाई बलात्कारको आरोपमा पक्राउ गरिएको थियो ।’

यस विषयबारे द सन पत्रिकाले सबैभन्दा पहिले समाचार प्रकाशित गरेको थियो । यो घटना शुक्रबार भएको बताइएको छ । क्लबले ती खेलाडीहरूलाई कारबाही गरे/नगरेको खुल्न सकेको छैन ।

यसअघि म्यानचेस्टर युनाइटेडका मेसन ग्रिनवुडमाथि उनकी प्रेमिका र म्यानचेस्टर सिटीका बेन्जामिन मेन्डीलाई एक महिलाले बलात्कारको आरोप लगाएका थिए । दुवै खेलाडीलाई क्लबले निलम्बन गरेको थियो । पछि अदालतले उनीहरूलाई सफाइ दिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖