• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रिमियर कप जितेपछि युएईका आयनले गरे नेपालका रोहितको ‘नक्कल’


  • धनकुटा खबर
  • .

काठमाडौं । एसीसी प्रिमियर कप २०२४ को उपाधि जितेपछि युएईका खेलाडी आयान खानले नेपालका कप्तान रोहित पौडेलको जस्तै गरी खिचिएको फोटो सार्वजनिक गरेका छन् ।

अघिल्लो वर्षको एसीसी प्रिमियर कपको उपाधि जितेपछि नेपालका कप्तान रोहित पौडेलले ट्रफीलाई अंगालो हाल्दै सुतेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

रोहितकै ‘स्टाइलमा’ युएईका आयानले ट्रफीलाई अंगालो हाल्दै सुतेको तस्बिर सार्वजनिक गरेका हुन् ।

गत हप्ता ओमनमा भएको एसीसी प्रिमियर कपको फाइनलमा घरेलु टोलीलाई पराजित गर्दै युएईले उपाधी जितेको थियो । नेपाल भने सेमिफाइनलमा युएईसंग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

२०२३ मा भएको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई पराजित गर्दै उपाधि जितेको थियो । उपाधि जितेपछि कप्तान पौडेलसहित सोमपाल कामी र करण केसीले पनि ट्रफीलाई अंगोल हालेर सुतेको तस्बिर सार्वजनिक गरेका थिए ।

२०२२ मा भएको फिफा विश्वकप फुटबलको उपाधि जितेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पनि विश्वकपको ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖