• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल एभर्टनसँग पराजित


  • धनकुटा खबर
  • .

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको लिभरपुल एभर्टनसँग पराजित भएको छ ।

लिभरपुलको घरेलु मैदान गुडिसन पार्कमा गएराति भएको खेलमा एभर्टनले लिभरपुललाई २–० ले हराएको हो । एभर्टनका लागि खेलको २७ औँ मिनेटमा जाराड ब्रान्थवेटले गोल गरे ।

यस्तै ५८ औँ मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गरेर जित सुनिश्चित गरे । अङ्क तालिकामा ३४ खेलमा ७७ अङ्कसहित आर्सनल शीर्ष स्थानमा छ ।

समान खेलमा लिभरपुलको ७४ अङ्क छ ।

यस्तै अर्को खेलमा म्यानचेष्टर युनाइटेडले सेफिल्डलाई ४–२ ले हराएको छ । गएराति नै भएका अरु खेलमा क्रिष्टल प्यालेसले न्युक्यासललाई २–० ले हराउँदा बर्नमाउथले उल्भ्सलाई १–० ले हराएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖