• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

टेभेज अस्पतालबाट डिस्चार्ज


  • धनकुटा खबर
  • .

ब्युनोस आयर्स । पूर्वअर्जेन्टिनी खेलाडी कार्लोस टेभेज अस्पतालबाट डिस्चार्ज भएका छन् । छाती दुखेपछि उनी अस्पताल भर्ना भएका थिए ।

हाल इन्डिपेन्डेन्टेको प्रमुख प्रशिक्षक रहेका ४० वर्षीय खेलाडीलाई ब्युनोस आयर्सको अस्पतालमा मंगलबार राति भर्ना गरिएको थियो । क्लबले टेभेजलाई अस्पतालले डिस्चार्ज गरिसकेको जानकारी दिएको छ ।

घरमा आराम गरेपछि उनी बिहीबारदेखि प्रशिक्षणमा फर्कने क्लबको भनाई छ । म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र वेस्ट ह्यामका पूर्वस्ट्राइकर टेभेजले प्रिमियर लिगमा सन् २००६ देखि २०१३ सम्म २ सय १ खेल खेलेका थिए ।

त्यस्तै, सन् २००४ देखि २०१५ सम्म अर्जेन्टिनाका लागि ७६ खेल खेलेका थिए । उनले सन् २०२२ को जुनमा खेलाडीका रूपमा सन्न्यास लिएका थिए ।

त्यसअघि उनी बोका जुनियर्सबाट व्यवसायिक फुटबल खेलिरहेका थिए । टेभेजले सन् २०२३ को अगस्टमा इन्डिपेन्डेन्टेको नेतृत्व सम्हालेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖