• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रिमियर लिगमा म्यानचेष्टर सिटी दोस्रो स्थानमा उक्लियो


  • धनकुटा खबर
  • .

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले ब्राइटनलाई हराएको छ ।

गएराति फाल्मर स्टेडियममा भएको खेलमा सिटीले ब्राइटनलाई ४–० ले हराएको हो । सिटीको जितमा केभिन डि र जुलियन अल्भारेजले एक एक गोल गर्दा फिल फोडेनले २ गोल गरेका हुन् ।

जितसँगै म्यानचेष्टर सिटी ३३ खेलमा ७६ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिगमा ७७ अङ्कसहित आर्सनल शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको लिभरपुलको ७४ अङ्क छ ।

यसअघि हिजोको खेलमा एभर्टनले लिभरपुललाई २–० ले हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖