• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जब आईपीएलमा क्यामेराम्यानले धोनीकी श्रीमतीलाई बारम्बर जूम गरे तब धोनीले क्यामराम्यानलाई पानीको बोतल उज्याए


  • धनकुटा खबर
  • .

काठमाडौं । जब कुनै स्टार खेलाडीका श्रीमती वा गर्लफ्रेन्ड स्टेडियममा श्रीमानको खेल हेर्न पुग्छन्, क्यामराहरूको ‘एउटा आँखा’ उनीहरुतिरै हुन्छ । उनीहरूलाई बारम्बार जूम गरेर लाइभ टिभीमा देखाइनु कुनै नौलो कुरा होइन ।

तर, इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलिरहेका भारतीय लिजेन्ड महेन्द्रसिंह धोनीले भने यसलाई पचाउन सकेनन् । घटना तीन दिन अगाडिको हो, जब चेन्नइ सुपरकिङ्सले होम ग्राउन्ड लखनाउ सुपरजाइन्टसँग भिडिरहेको थियो ।

पहिलो इनिङमा चेन्नइले ब्याटिङ गरिरहँदा धोनी ड्रेसिङ रुममा आफ्नो पालो कुरेर बसिरहेका थिए । स्टेडियममा उनी पत्नी साक्षी पनि खेल हेर्न आएकी थिइन् । क्यामराले बारम्बार साक्षी र धोनीलाई फरक फरक कोणबाट जूम गरेर देखाइरहेको थियो ।

आफ्नी श्रीमतीलाई यसरी लगातार देखाइएको धोनीलाई सैह्य भएन । रिसको झोकमा उनले आफूसँग रहेको पानीको बोतल नै क्यामरातर्फ उज्याए । यो दृश्य पनि लाइभ टेलिभिजनमै देखिएको थियो ।

धोनी क्रिकेटमा शान्त खेलाडीका रूपमा चिनिन्छन् । हम्मेसी उनी उत्तेजनामा आउँदैनन् । मैदानमा भने उनी निकै आक्रामक खेल्छन् । यो आइपीएलमा धोनी टीम कप्तान छैनन् । खेलाडी मात्र भए पनि चेन्नइको खेलमा सबैको नजर उनी तिरै हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖