काठमाडौँ । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिलो विकेट गुमाएको छ ।
अनिल साह ५ रन बनाएर आउट भएका हुन् । नेपालले २.१ ओभरमा १२ रन बनाएको छ ।
यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
