• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालको प्लेइङ ११ मा आज ५ परिवर्तन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध आफ्नो प्लेइङ ११ मा पाँच परिवर्तन गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला फिल्डिङ गर्ने छ ।

नेपालले आजको खेलमा लोकेश बम, आरिफ शेख, सोमपाल कामी, सागर ढकाल र आकाश चन्दलाई मौका दिएको छ ।

पहिलो खेलबाट विवेक यादव, प्रतिश जि.सी, कमल सिंह ऐरी, अभिनाश बोहरा र ललित राजवंशी बेन्चमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖