• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कप्तान रोहितको अर्धशतक


  • धनकुटा खबर
  • .

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट रोहितले ३४ बलमा ५० रन पूरा गरेका हुन् ।

अर्धशतक बनाउने क्रममा रोहितले चार चौका र एक छक्का प्रहार गरे । यसअघि शृंखलाको पहिलो खेलमा रोहितले वेस्ट इन्डिजविरुद्ध शतक बनाएका थिए ।

जारी खेलको १६ ओभर समाप्त हुँदा नेपालले सात विकेट गुमाएर ११८ रन बनाएको छ ।त्यसअघि टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६० रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖