• Monday 5th of October 2026

एसिया कपः भारतविरुद्ध सबैभन्दा बढी नेपालको रन, पाकिस्तानभन्दा १०२ ले बढी


  • धनकुटा खबर
  • .

एसिया समूह चरणमा नेपालले आफ्नो दोस्रो खेलमा २ पटकको एकदिवसीय (ओडीआई) विश्वकप विजेता भारतविरुद्ध प्रतिस्पर्धा गरेको थियो । समूह ‘ए’को उक्त खेलमा ओडीआई वरीयताको दोस्रो स्थानमा रहेको भारतविरुद्ध नेपालले २३० रन बनाएर २३१ रनको सम्मानजनक लक्ष्य दिएको थियो । सो क्रममा नेपालले २ पटकको ओडीआई विश्वकप विजेता भारतसँग ४८.२ ओभरसम्म टिकेर खेल्न सफल भएको थियो ।

नेपालले दिएको जति लक्ष्य भारतलाई कुनै टोलीले पनि दिन सकेका छैनन् । त्यो बेला ओडीआईको १ नम्बर वरीयतामा रहेको पाकिस्तानले समेत सुपर ४ को खेलमा विरुद्ध ३२ ओभरमै सबै विकेट गुमाएर १२८ रनमात्र बनाउन सक्यो । यो नेपालभन्दा १०२ रन कम हो ।

भारतले दिएको ३५७ रनको भारी लक्ष्य पछ्याउन नसकेर एक पटकको ओडीआई विश्वकप विजेता पाकिस्तान २२८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

यता, एसिया कपको साविक विजेता श्रीलंकाले पनि भारतविरुद्ध नेपालभन्दा कम रन बनायो । घरेलु भूमिमा श्रीलंकाले भारतले दिएको २१४ रनको सामान्य लक्ष्य पनि पछ्याउन सकेन । श्रीलंका ४१.३ ओभरमै अलआउट भयो । त्यो बेला उसले १७२ रनमात्र बनाउन सक्यो । यो नेपालले बनाएको भन्दा ५८ रन कम हो ।

श्रीलंका भारतसँग ४१ रनले पराजित भएको थियो ।

अहिले एसिया कपको सुपर ४ का खेल भइरहेका छन् । भारत १ खेल अघि नै फाइनलमा प्रवेश गरिसकेको छ भने बंगलादेश बाहिरिइसकको छ । अब भारतले अर्थहीन खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न बाँकी छ ।

अब बिहीवार हुने श्रीलंका र पाकिस्तानबीचको खेलले फाइनलमा पुग्ने अर्को टोलीको टुंगो लाग्छ ।

एसिया कपमा पहिलो पटक सहभागिता जनाएको नेपाल र अफगानिस्तान भने पहिलो चरणबाटै बाहिरिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖