• Sunday 4th of October 2026

‘गदर २’ हिट भएपछि सनी देओलले बढाए पारिश्रमिक


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता सनी देओल अभिनीत फिल्म ‘गदर २’ हलमा प्रदर्शन भइरहेको छ।

फिल्मले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसका अनुसार प्रदर्शनको ३३ दिनमा फिल्मले घरेलु बक्स अफिसमा ५१६ करोड ८ लाख भारू कमाएको छ। योसँगै फिल्मले सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्मको रेकर्ड राखेको छ।

फिल्मले बक्स अफिसमा सफलता हासिल गरिरहँदा अभिनेता देओलले आफ्नो पारिश्रमिक बढाएका छन्। उनले एक फिल्मका लागि ५० करोड भारू लिने बताएका छन्।

सनीले ‘गदर २’ को लागि २० करोड भारू पारिश्रमिक लिएका थिए। यसअघि उनी एक फिल्मको पारिश्रमिक ६ करोड भारू लिन्थे।

‘मैले कसैसँग ५० करोड मागेको छैन। पारिश्रमिक लिने कि नलिने भनेर निर्मातामा भर पर्छ। उनीहरूले आफ्नो फिल्मले कति कमाउन सक्छ भन्ने हिसाबले पारिश्रमिक दिन्छन्। म कुनै पनि फिल्ममा बोझ बन्न चाहन्न। यदि फिल्मले ५०० करोड कमाउँछ भने म ५० करोड पारिश्रमिकको हकदार हुँ,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖