काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।
नेपालले दोस्रो विकेटका रुपमा अनिल साहलाई गुमाएको हो ।
अनिललाई क्यारेबियन बलर गुडाकेश मोटीले कप्तान रोस्टन चेजद्वारा क्याच गराएका हुन् । पेभेलियन फर्किनुअघि अनिलले १० बलको सामना गरी दुई छक्काको मद्दतले १४ रन बनाएका थिए ।
६.४ ओभरमा अनिल आउट हुँदा नेपालले ५१ रन बनाएको छ ।
