• Wednesday 7th of October 2026

आज फेरि युएईमा विहानदेखि भिषण वर्षा, अत्यावश्यक नपरेसम्म बाहिर ननिस्कन आग्रह


  • धनकुटा खबर
  • .

दुबई । युनाइटेड अरब इमिरेट्समा आज बिहानैदेखि भिषण वर्षा भएको छ । आबुधावी र दुवई क्षेत्र वर्षाबाट बढी प्रभावित भएका छन् ।

दुवईमा बिहान सबेरैदेखि हावा हुरी चलेको छ । मेघ गर्जनसहित वर्षा भइरहेको गल्फ न्यूजले जनाएको छ ।

मौसम प्रक्षेपण भन्दा विपरित वर्षा भएको बताइएको छ । खाडी मुलुक यूएई र ओमानमा केही हप्ताअघि मात्रै वर्षा र बाढीले ठूलो जनधनको क्षति भएको थियो ।

विमानस्थल क्षेत्रमा पनि भीषण वर्षा भएको छ । सरकारले अत्यावश्यकबाहेक ड्राइभिङ्ग नगर्न र अत्यावश्यक परेर निस्कनु परेमा होसियारी अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖