• Thursday 8th of October 2026

बर्थडेमा पूजालाई सुनको बाला उपहार दिने फ्यान को हुन् ?


  • धनकुटा खबर
  • .

काठमाडौं । अभिनेत्री पूजा शर्माको यो जन्मदिन खास बनेको छ। अन्यभन्दा फ्यानसँग उनको जन्मदिन सेलिब्रेसन विशेष रह्यो। जन्मदिनको अवसरमा शर्मालाई फ्यानहरूले सुनको बाला उपहार दिएका छन्। फ्यानहरूले पूजा र युद्धको फोटो समावेश लकेट पनि उपहार दिएका छन्।

फ्यानहरूसँग जन्मदिन मनाउन पुगेकी शर्मालाई फूलैफूलको वर्षा गराएर स्वागत गरिएको थियो। पूजाले सोमबार आफ्नो जन्मदिन मनाएकी थिइन्। सोही अवसरमा पूजाले मिडियासँग कुराकानी गर्दै सङ्गत राम्रो मान्छेसँग गर्नुपर्ने रहेछ भन्ने ठूलो पाठ आफूले बितेको वर्षमा सिकेको बताइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖