• Thursday 8th of October 2026

‘बोक्सीको घर’ ले ६ दिनमा कति कमायो?


  • धनकुटा खबर
  • .

अभिनेत्री केकी अधिकारीको निर्माण एवं मुख्य अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ ले ६ दिनमा ५ करोड ४५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ।

बुधबारसम्ममा फिल्मले उक्त कमाइ गरेको हो।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा वितरक अशोक शर्माले फिल्मको व्यापारमा काठमाडौं र बाहिरको हिस्सा लगभग बराबर रहेको बताए।

अभिनेत्री केकीले व्यापारसँगै प्रतिक्रिया पनि राम्रो पाइरहेको भन्दै खुशी व्यक्त गरिन्। ‘हाम्रो फिल्म धेरै भन्दा धेरै दर्शकमाझ पुगोस् भन्ने इच्छा थियो। त्यो अनुसार काम गरेका थियौं,’ उनले भनिन् ‘हाम्रो प्रयासमा सबैले हातेमालो गरिदिनुभयो। सोही कारण फिल्मले यो किसिमको व्यापार, यो किसिमको प्रतिक्रिया पाइरहेको छ। सम्पूर्णलाई धन्यवाद भन्न चाहान्छु।’

ट्रेलर र ‘बुझिनँ मैले’ गीतबाट राम्रो हाइप बनाएको फिल्मले आक्रामक ओपनिङ गरेको थियो। हिजो (बुधबार) पनि हलमा उच्च अकुपेन्सी थियो।

सुलक्षण भारतीको लेखन एवं निर्देशन रहेको ‘बोक्सीको घर’ मा केकीसहित सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, जीवन बराल, सबिन बास्तोलालगायतको अभिनय छ। निर्देशक भारती स्वयंले पनि अभिनय गरेका छन्।

फिल्म शुक्रबारदेखि प्रदर्शनमा दोस्रो सातामा प्रवेश गर्दैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖