• Monday 5th of October 2026

खेतमा काम गरेर फर्कने क्रममा खुकुरी प्रहार


  • धनकुटा खबर
  • .

काठमाडौं । धादिङमा खुकुरी प्रहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्दलेख गाउँपालिका–१ का ५८ वर्षीय मानबहादुर गुरुङ छन् ।

बुधबार बेलुका करिब साढे ८ बजे गुरुङले सिद्दलेख गाउँपालिका–२ मा स्थानीय जीवन परियारमाथि खुकुरी प्रहार गरेका थए । खेतमा सँगै काम गरेर फर्कने क्रममा विवाद हुँदा गुरुङले परियारको टाउकामा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

घाइते परियारलाई उपचारका लागि गए राति ११ बजे जिल्ला अस्पताल धादिङमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि काठमाडौं रिफर गरिएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
गुरुङलाई खुकुरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖